सरकारको अपिल :सडकमा प्रदर्शन नगरौँ – Naya Bikalpa
November 26, 2025, Wednesday      Epaper

सरकारको अपिल :सडकमा प्रदर्शन नगरौँ

काठमाडौं।गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सरकार संवादका लागि तयार रहेको स्प्ष्ट पारेका छन् ।“राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन”, गृहमन्त्री अर्यालले भने । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ ।

“सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनु भएन। कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो”, गृहमन्त्रीले भने ।बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई समान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।

सम्बन्धित समाचार

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
  • २०८२ कार्तिक ८, १९: २७

काठमाडौं : सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ परेका छन् । गत भदौ २४ गते...

विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
  • २०८२ कार्तिक ८, १९: २७

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताएका छन् । बुधबार...

कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’
कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’
  • २०८२ कार्तिक ८, १९: २७

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय कार्यसमिति बैठक डेढ महिना गुज्रँदासमेत निष्कर्षमा नपुगेको भन्दै नेतृत्वप्रति गम्भीर प्रश्न...