
काठमाडौं। सातादेखि आन्दोलनरत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल भैरहवाका नर्स तथा प्यारामेडिक्स कर्मचारीहरूले माग पूरा नभए मंगलबारदेखि सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका छन्।सरकारले तोकेअनुसारको तलब सुविधा दिनुपर्ने, अतिरिक्त कामको थप भत्ताको व्यवस्था गर्नुपर्ने, करार नियुक्ति सम्झौता गरेर मात्र सेवामा लगाउनुपर्ने, ज्यालादारीमा काममा लगाउन नपाइने, सक्कल शैक्षिक प्रमाणपत्र अस्पतालले राख्न नपाउने, अनुभवको पत्र उपलब्ध गराउनुपर्ने, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने लगायतका मागहरू राख्दै कार्तिक २ गतेदेखि नर्सिङ स्टाफहरूले आन्दोलन गरेका थिए।
उनीहरूले मेडिकल कलेजमा पर्याप्त जनशक्ति व्यवस्थापन गर्नुपर्ने, श्रम ऐन र स्वास्थ्य सेवा मापदण्ड अनुसार उचित ड्युटी समय, विश्राम र बिदाको सुविधा दिनुपर्ने, नर्स तथा प्यारामेडिक्स हरूलाई स्वास्थ्य सेवाको आधारमा मान्यता र सम्मान दिनुपर्ने, मेडिकल कलेजभित्र पर्याप्त चेन्जिङ रुम, नर्सिङ रुम र लकरको व्यवस्था हुनुपर्ने लगायतका माग पनि राखेका छन्।मंगलबार सम्म माग सम्बोधन नभए सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका हुन्।
शनिबार साँझ विज्ञप्ति जारी गर्दै कार्तिक ११ गते मंगलबार दिउँसो १ बजेसम्म माग सम्बोधन नभए मेडिकल कलेजको सेवा पूर्ण रूपमा बन्द गर्न बाध्य हुने चेतावनी दिएका हुन्।उनीहरूले आफूहरूको आन्दोलनप्रति मेडिकल कलेजमा कार्यरत ल्याब टेक्निसियन, फार्मासिस्ट, रेडियोलोजिस्ट, सिएमए, हेल्थ असिस्टेन्ट लगायत सबै स्वास्थ्यकर्मीहरूको ऐक्यबद्धता रहेको बताए।
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...
काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...