त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजालले नयाँ सरकारलाई काम गर्न सहज बनाउने उद्देश्यसहित राजीनामा दिएका हुन् ।

कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री कार्यालयमा पठाएका छन् ।

सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्ने व्यवस्था समेटिएको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनीहरूले राजीनामा दिएका हुन् ।

उपकुलपति अर्याललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ असार २५ गते नियुक्त गरेका थिए । यसअघि उपकुलपति रहेका प्रा. केशरजंग बरालले राजीनामा दिएपछि अर्याल सो पदमा पुगेका थिए ।

यस्तै, रेक्टर केसी र रजिस्ट्रार रिजाल भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा २०८० चैत ३० गते नियुक्त भएका थिए । उनीहरूको नियुक्ति पनि तत्कालीन उपकुलपति बरालको सिफारिसमा भएको थियो ।

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०८३ बैशाख १७, १५: १८

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०८३ बैशाख १७, १५: १८

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०८३ बैशाख १७, १५: १८

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...