डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित

काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२ मा ३१ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको ओमानले २६ खेल खेल्दा १४ जित र नौ हार व्यहोरेको छ । ओमानको तीन खेल भने रद्द भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न उक्त खेल ३६।५ ओभरमा पुगेपछि वर्षाका कारण रोकिएको थियो । ओमानले प्रस्तुत गरेको ३०६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले सात विकेट गुमाएर १५५ रन बनाएको थियो । यसपछि, अम्पायरले डीएलएस प्रणालीका आधारमा ओमान १०२ रनले विजयी भएको घोषणा गरेका हुन् । ओमानको जितमा नदिम खानले सर्वाधिक तीन विकेट लिए । १० ओभर बलिङ गरेका नदिमले ४२ रन खर्चिए । शकिल अहमदले दुई विकेट लिँदा मोहम्मद इम्रान र वसिम अलिले समान एक विकेट लिए ।

नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय इनिङ खेले । दीपेन्द्रले ६२ बलमा सात चौका र एक छक्का प्रहार गरे । भीम सार्कीले २८ रन बनाए । आशिफ शेखले १९ रन जोडे । आरिफ शेख र अविजित रहेका गुल्सन झाले समान १४ बनाउँदा कप्तान रोहित पौडेलले १० रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०५ रनको योगफल खडा गरेको थियो । ओमानका जतिन्दरले १३० रनको उत्कृष्ट इनिङ खेले । उनले ९६ बलमा १५ चौका र पाँच छक्का प्रहार गरे ।

जतिन रामानन्दीले ४३ रन जोडे । आयर्न विस्टले ३५, हम्माद मिर्जाले ३० रन, आशिष ओदेडरा र विनायक शुक्लाले समान २३ रन बनाउँदा वसिम अली १२ रनमा अविजित रहे । तेस्रो विकेटका लागि जतिन्दर र हम्मादबीच ८१ रनको साझेदारी भएको थियो ।

पहिलो विकेटका लागि जतिन्दर र आशिषले ८० रनको साझेदारी गरेका थिए । नेपालका सोमपाल कामीले सर्वाधिक चार विकेट लिए । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । हारसँगै नेपाल प्रतियोगितामा २२ खेल्दा १४ अंकमा सीमित भएको छ । नेपालले २२ खेल खेल्दा ६ जित र १३ हार व्यहोरेको छ ।

सम्बन्धित समाचार

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८३ बैशाख १६, २१: १९

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
  • २०८३ बैशाख १६, २१: १९

काठमाडौं : आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग– २ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित...

युएईमाथि नेपालको सानदार जित
युएईमाथि नेपालको सानदार जित
  • २०८३ बैशाख १६, २१: १९

काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट...