आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन ९स्मार्ट हुन० र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका छन् ।अमेरिकी नौसैनिक नाकाबन्दीले इरानको अर्थतन्त्रलाई निकै कसिलो बनाउन थालेपछि ट्रम्पको यो चेतावनी आएको हो ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, ट्रम्पले इरानको शान्ति प्रस्तावलाई खारेज गर्ने मनस्थिति बनाइसकेका छन् । इरानले आफ्नो पछिल्लो प्रस्तावमा होर्मुज जलमार्ग खोल्ने र इरानी बन्दरगाहहरूको नाकाबन्दी अन्त्य गर्ने प्रस्ताव राखेको थियो । यसका साथै आणविक कार्यक्रमबारे अर्को चरणको वार्तामा छलफल गर्ने प्रस्ताव पनि गरिएको थियो ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’मा लेखेका छन्, “इरानले आफ्ना सबै कामहरू एकैसाथ गर्न सक्दैन ऊ चाँडै स्मार्ट हुनसके राम्रो हुनेछ ।”

इरान युद्ध सुरु भएदेखि नै इरानले तेल र ग्यास आपूर्तिका लागि महत्त्वपूर्ण मानिने ‘होर्मुज जलमार्ग’ बन्द गरिदिएको छ । यसका कारण विश्वभरको अर्थतन्त्रले ठूलो दबाब झेलिरहेको छ ।

सम्बन्धित समाचार

इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
  • २०८३ बैशाख १७, ०८: १५

काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते...

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
  • २०८३ बैशाख १७, ०८: १५

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज...

जापानमा सामाजिक सञ्जाल प्रयोगमा कडाइको तयारी
जापानमा सामाजिक सञ्जाल प्रयोगमा कडाइको तयारी
  • २०८३ बैशाख १७, ०८: १५

काठमाडौँ । जापान सरकारले बालबालिका र युवामा बढ्दो सामाजिक सञ्जालको लत तथा साइबर दुर्व्यवहार नियन्त्रण गर्न सामाजिक सञ्जाल प्रयोगमा कडाइ...