
काठमाडौँ । स्पेनको मध्यभागमा बुधबार बिहान दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो सङ्ख्यामा यात्रु घाइते भएका छन् ।
राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिराखिएको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो । ठक्करका कारण रेलका धेरै डिब्बा लिकबाट बाहिर खसेका थिए ।
यातायातमन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने बताइएको छ । उक्त दुर्घटनालाई युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एक तथा पछिल्लो १३ वर्षयताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटनाका रूपमा वर्णन गरिएको छ ।
उद्धार गरिएका यात्रुहरूले ठक्करका क्रममा मानिसहरू हावामा उछिट्टिएको, केही यात्रु भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको बताएका छन् ।
मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा मोरा र ओर्गाज नगरपालिकाबीचको क्षेत्रमा स्थानीय समयअनुसार बिहान ९ बजेपछि दुर्घटना भएको बताइएको छ ।
काठमाडौं । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार...
काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...
काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...