
काठमाडौं : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ९, पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका– ८, गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ ।
वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले बताए । राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उनले सर्वसाधारणमा अनुरोध गरेका छन् ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई...
काठमाडौं : जापानका लागि नेपालको प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा...
काठमाडौं : प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर...