
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाज र दोस्रो खेल चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । पहिलो खेल मध्याह्न १२ : ३० र दोस्रो खेल बेलुका ५ बजेदेखि सुरु हुनेछ ।
जारी प्रतियोगितामा कर्णाली सरप्राइज प्रदर्शन गर्दै अंक तालिकाको शीर्ष स्थानमा छ । कर्णालीले यसअघि दुईवटा खेल खेलेको थियो, जसको नतिजा आफ्नो पक्षमा पारेको थियो । काठमाडौंले भने पहिलो खेल हारेर आज दोस्रो खेल खेल्न लागेको हो ।
कर्णाली र काठमाडौंबीचको खेल कडा प्रतिस्पर्धात्मक हुने निश्चित छ । कर्णाली लगातार तेस्रो जित निकाल्ने योजनामा छ । साथै, काठमाडौं पहिलो जितको खोजीमा छ । काठमाडौंले आजको खेलमा अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरलाई खेलाउँदै छ । वार्नर एनपीएल खेल्नका लागि आइतबार राति नेपाल आएका छन् ।
काठमाडौँ : यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको जनाइएको छ । नेपाल...
काठमाडौँ : सरकारले प्रेस काउन्सिल नेपाल र नागरिक उड्डयनलगायतका कानुन संशोधन गर्न अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको रोमाञ्चक खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ...