
काठमाडौं : जापानका लागि नेपालको प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिएको जानकारी दिए ।
उनकाअनुसार थापाले आफूविरुद्ध उठेको स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सम्बन्धी प्रश्नका कारण राजदुतका लागि दिएको आफ्नो नाम फिर्ता लिने समितिलाई जानकारी दिएका हुन् ।
सभापति श्रेष्ठले थापाको व्यक्तिगत तथा व्यावसायिक प्रोफाइल राम्रो भएपनि स्वार्थको द्वन्द्वको विषय उठेकाले उक्त निर्णय लिनुपरेको बताए । थापाले आफूलाई कानुनी रूपमा राजदूत बन्न रोकावट नहुने भएपनि व्यक्तिगत विषय जोडिएकाले नाम फिर्ता लिने निर्णय गरेको बताएको सभापति श्रेष्ठले समितिलाई जानकारी दिए ।
थापाको परिवार हाल जापानको स्थायी बासिन्दा रहेकाले समिति सदस्यहरूले प्रश्न उठाएका थिए ।
काठमाडौँ : यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको जनाइएको छ । नेपाल...
काठमाडौँ : सरकारले प्रेस काउन्सिल नेपाल र नागरिक उड्डयनलगायतका कानुन संशोधन गर्न अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको रोमाञ्चक खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ...