एनपिएलमा काठमाडौंको पहिलो जित – Naya Bikalpa
November 3, 2026, Tuesday      Epaper

एनपिएलमा काठमाडौंको पहिलो जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो । कर्णालीको यो पहिलो हार हो ।

१८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । काठमाडौंका लागि राशिद खानले अर्धशतक बनाउँदै ५० रन जोडे । करण केसीले ४४, आदिल आलमले २० तथा डेभिड वार्नरले १६ रन जोडे । जहानदाद खानले अविजित २२ रनको योगदान दिए ।

बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसैन तलतले दुई-दुई तथा नन्दन यादव र मार्क वाटले एक-एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनको योगफल बनाएको थियो ।

कर्णालीका लागि अरिफु स्लामले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २२ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४४ रनको योगदान दिएका हुन । त्यसैगरी मोहम्मद हुसेन तलातले ३० बलमा एक चौका र दुई छक्काको मद्दतमा ४० रन जोडे ।

पवन शर्राफले अविजित ३० रन बनाउँदा गुल्सन झाले २० तथा मार्क वाटले १७ रन बनाए । बलिङतर्फ काठमाडौंका करण केसीले २ विकेट लिए भने साहब आलम, सन्तोष यादव, जहान्दाद खान र देव शाहले समान १-१ विकेट लिए ।

सम्बन्धित समाचार

यस वर्ष भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा
यस वर्ष भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा
  • २०८३ कार्तिक १७, १६: ४८

काठमाडौँ : यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको जनाइएको छ । नेपाल...

दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
  • २०८३ कार्तिक १७, १६: ४८

काठमाडौँ : सरकारले प्रेस काउन्सिल नेपाल र नागरिक उड्डयनलगायतका कानुन संशोधन गर्न अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।...

जनकपुरविरुद्ध विराटनगर किंग्स विजयी
जनकपुरविरुद्ध विराटनगर किंग्स विजयी
  • २०८३ कार्तिक १७, १६: ४८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको रोमाञ्चक खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ...