हिमपातका कारण डोल्पामा फसेका भारतीय पर्यटकको उद्धार – Naya Bikalpa
November 3, 2026, Tuesday      Epaper

हिमपातका कारण डोल्पामा फसेका भारतीय पर्यटकको उद्धार

काठमाडौं : भारी हिमपातका कारण शे-फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ ।

आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे-फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय छ पर्यटकहरु केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ।

फसेका पर्यटकहरुमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी रहेको उनले जानकारी दिए । उनले उनीहरुलाई आइतबार उद्धार गर्ने प्रयास भए पनि प्राविधिक समस्याका कारण हुन नसकेको बताए ।

सम्बन्धित समाचार

यस वर्ष भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा
यस वर्ष भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा
  • २०८३ कार्तिक १७, ११: ४९

काठमाडौँ : यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको जनाइएको छ । नेपाल...

२५औँ अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर
२५औँ अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर
  • २०८३ कार्तिक १७, ११: ४९

  काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ पटक आमरण अनशनमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था हाल...

दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
  • २०८३ कार्तिक १७, ११: ४९

काठमाडौँ : सरकारले प्रेस काउन्सिल नेपाल र नागरिक उड्डयनलगायतका कानुन संशोधन गर्न अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।...