चक्रवात ‘अर्नब’ को प्रभाव कमजोर बन्दै, देशभरको मौसममा क्रमिक सुधार – Naya Bikalpa
November 1, 2026, Sunday      Epaper

चक्रवात ‘अर्नब’ को प्रभाव कमजोर बन्दै, देशभरको मौसममा क्रमिक सुधार

काठमाडौँ — बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषस्वरूप पश्चिम नेपालनजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएको छ। मौसमी प्रणाली कमजोर भएसँगै देशभरको मौसममा क्रमिक सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मात्र बाँकी रहेको छ। हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ। अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो र रातिको मौसम पूर्वानुमान

आज दिउँसो: देशभर आंशिक बदली रहने अनुमान छ। देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मात्र हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति: देशका अधिकांश भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
हुस्सु लाग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

महाशाखाका अनुसार तराई क्षेत्र, उपत्यका तथा नदीका खोँचहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ। हुस्सुका कारण भिजिटिबिलिटी (दृश्यता) कम भई यातायात तथा दैनिक जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

सम्बन्धित समाचार

सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, हामीले जे बोल्यौं त्यो नै हुकुम हो भन्ने साेच चिन्ताजनक : सभापति थापा
सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, हामीले जे बोल्यौं त्यो नै हुकुम हो भन्ने साेच चिन्ताजनक : सभापति थापा
  • २०८३ कार्तिक १६, ०७: २०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै शक्ति र अधिकारको स्वेच्छाचारी प्रयोग भइरहेको आरोप...

अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
  • २०८३ कार्तिक १६, ०७: २०

काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०८३ कार्तिक १६, ०७: २०

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले...