
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल गरी सरकारको ध्यानाकर्षण गराउन आइतबार विशेष बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन् ।
कांग्रेसका एक नेताका अनुसार बैठकमा पछिल्ला घटनाक्रमको समीक्षा गर्दै सरकारसमक्ष उठाउनुपर्ने विषयमा छलफल गरिनेछ । बैठकबाट सरकारको ध्यानाकर्षण गराउने तयारी रहेको उनले जानकारी दिए ।
विशेष बैठकपछि सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रममा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई समेत सहभागी गराइने बताइएको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै शक्ति र अधिकारको स्वेच्छाचारी प्रयोग भइरहेको आरोप...
काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले...