कंगोमा इबोलाको प्रकोप तीव्र, संक्रमितको संख्या १० हजार नाघ्यो – Naya Bikalpa
November 1, 2026, Sunday      Epaper

कंगोमा इबोलाको प्रकोप तीव्र, संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमणबाट प्रभावित हुनेको संख्या १० हजार नाघेको छ भने करिब पाँच हजार जनाको मृत्यु भएको छ ।

मंगलबार सार्वजनिक गरिएको तथ्यांकअनुसार, मे महिनामा प्रकोप सुरु भएयता अक्टोबर २५ सम्ममा १० हजार ६० जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा चार हजार ८८७ जनाको मृत्यु भएको छ । तथ्यांकअनुसार पुष्टि भएका संक्रमितमध्ये मृत्युदर ४८.६ प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार कंगोका २६ प्रान्तमध्ये आठ प्रान्तका ६६ स्वास्थ्य क्षेत्रमा इबोलाको संक्रमण फैलिएको छ । पूर्वी प्रान्त इतुरी यस प्रकोपको मुख्य केन्द्र बनेको छ । कुल संक्रमितमध्ये ७१.७ प्रतिशत यही प्रान्तका रहेका छन् ।

बुन्दिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको प्रकोपबारे कंगोले मे १५ मा औपचारिक घोषणा गरेको थियो । त्यसयता संक्रमण विभिन्न देशमा देखिएको विवरण सार्वजनिक भएको छ । कंगोबाहेक युगान्डा, केन्या र नाइजेरियामा पनि संक्रमण फैलिएको उल्लेख छ । फ्रान्समा भने बाहिरबाट भित्रिएको एक संक्रमणको घटना पुष्टि भएको थियो ।

इबोला एक गम्भीर संक्रामक रोग हो, जसले ज्वरो, कमजोरी, बान्ता तथा गम्भीर अवस्थामा रक्तस्रावसमेत गराउन सक्छ । संक्रमण नियन्त्रणका लागि संक्रमित व्यक्तिसँगको असुरक्षित सम्पर्क रोक्नु, स्वास्थ्य सुरक्षाका उपाय अपनाउनु र शंकास्पद लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नु महत्त्वपूर्ण हुन्छ ।

सम्बन्धित समाचार

स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
  • २०८३ कार्तिक १२, ०७: २४

काठमाडौँ । स्पेनको मध्यभागमा बुधबार बिहान दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो सङ्ख्यामा यात्रु घाइते...

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
  • २०८३ कार्तिक १२, ०७: २४

काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०८३ कार्तिक १२, ०७: २४

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...