
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन ९स्मार्ट हुन० र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका छन् ।अमेरिकी नौसैनिक नाकाबन्दीले इरानको अर्थतन्त्रलाई निकै कसिलो बनाउन थालेपछि ट्रम्पको यो चेतावनी आएको हो ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, ट्रम्पले इरानको शान्ति प्रस्तावलाई खारेज गर्ने मनस्थिति बनाइसकेका छन् । इरानले आफ्नो पछिल्लो प्रस्तावमा होर्मुज जलमार्ग खोल्ने र इरानी बन्दरगाहहरूको नाकाबन्दी अन्त्य गर्ने प्रस्ताव राखेको थियो । यसका साथै आणविक कार्यक्रमबारे अर्को चरणको वार्तामा छलफल गर्ने प्रस्ताव पनि गरिएको थियो ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’मा लेखेका छन्, “इरानले आफ्ना सबै कामहरू एकैसाथ गर्न सक्दैन ऊ चाँडै स्मार्ट हुनसके राम्रो हुनेछ ।”
इरान युद्ध सुरु भएदेखि नै इरानले तेल र ग्यास आपूर्तिका लागि महत्त्वपूर्ण मानिने ‘होर्मुज जलमार्ग’ बन्द गरिदिएको छ । यसका कारण विश्वभरको अर्थतन्त्रले ठूलो दबाब झेलिरहेको छ ।
काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...
काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...