तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौँ । तिहार पछि आज खुलेको नेप्सेमा सामान्य वृद्धि भएको छ । आइतबार नेप्से ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेर रोकिएको छ । नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि कारोबार रकम भने घटेको छ । यसअघि तिहार अगाडिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको थियो । तर, आज कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर कारोबार भएको छ ।

९८ कम्पनीको मूल्य बढ्दा १४६ को घट्यो भने ४ को स्थिर रह्यो । आज अन्य समूह सबैभन्दा धेरै ३.०५ प्रतिशत बढ्यो । नेपाल पुनर्बीमाको मूल्य ७.१० प्रतिशत बढेसँगै अन्य समूहमा उच्च वृद्धि देखिएको हो ।

त्यस्तै जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन ०.०२, निर्जीवन बीमा ०.०८ र व्यापार ०.८१ प्रतिशत बढे । बैंकिङ ०.३५, विकास बैंक ०.२९, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.३३, माइक्रोफाइनान्स ०.२३ र लगानी ०.३४ प्रतिशत घटे ।

आज धेरै कारोबार भएका पाँच कम्पनी/धितोपत्रमा नेपाल पुनर्बीमा, सिद्धार्थ बैंक डिबेन्चर ८९, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर र हिमालयन डिस्टिलरी रहे ।

 

सम्बन्धित समाचार

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०८२ कार्तिक ९, १५: ५५

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०८२ कार्तिक ९, १५: ५५

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०८२ कार्तिक ९, १५: ५५

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...