आँबुखैरेनी–मुग्लिन सडक आज राति दुई घण्टा बन्द हुने – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

आँबुखैरेनी–मुग्लिन सडक आज राति दुई घण्टा बन्द हुने

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज राति दुई घण्टा बन्द हुने भएको छ ।आँबुखैरेनी गाउँपालिका–४, साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्णरूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्न सडक बन्द गरिने कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिइन् । गत असोज १८ गते सडक भासिएको उक्त खण्ड हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । यसअघि विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको हो

सो सडकको आँबुखैरेनी गाउँपालिका- ४ सांखरमा पहिरो नियन्त्रण कार्यका लागि पहिरोको सेइस्मिक रेसिस्टिभिटी टेस्ट गर्नुपर्ने भएकाले सो समयमा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

 

सम्बन्धित समाचार

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०८२ कार्तिक १०, ०८: २४

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०८२ कार्तिक १०, ०८: २४

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०८२ कार्तिक १०, ०८: २४

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...