
सोलुखुम्बु, काठमाडौं | सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।
अवतरणका क्रममा हेलिप्याडमा चिप्लिएपछि हेलिकप्टरमा सामान्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।लुक्ला विमानस्थलका अनुसार बिहान ८:१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । उक्त हेलिकोप्टर बिहान ७:४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो । हेलिकप्टरमा यात्रु नरहेको र पाइलट विवेक खड्का सकुशल रहेका छन् ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...