काठमाडौं महानगरपालिकाको फोहर घरमै सुरक्षित राख्न आग्रह – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

काठमाडौं महानगरपालिकाको फोहर घरमै सुरक्षित राख्न आग्रह

काठमाडौं।काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले अर्को सूचना जारी नभएसम्म घरबाट निस्कने फोहरमैला घर या कम्पाउण्डभित्र सुरक्षित रूपमा राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको छ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएपछि महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
“काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएकाले हाल फोहर विसर्जन गर्न नसकिएको हुँदा अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कने फोहरमैला घर या कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहोस् र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहोस्।” महानगरको सूचनामा भनिएको छ ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८२ कार्तिक १४, १५: ५०

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८२ कार्तिक १४, १५: ५०

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८२ कार्तिक १४, १५: ५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...