
काठमाडौं। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दल र समूहबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ । आइतबार यी आठ दल र समूहबीच एकताको सहमति भएको थियो ।आउँदो फागुन २१ गतेका निम्ति तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक मसान्तसम्म दल दर्ताको समय दिइएको छ । सोही कारण छिट्टै नयाँ दल दर्ता गर्न जाने नेताहरूले बताएका छन् ।
आइतबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पाटी नेकपा (माओवादी-समाजवादी) र नेकपा (साम्यवादी)बीच पार्टी एकता र कम्युनिस्ट एकीकरणको प्रकृया अगाडि बढाउन हस्ताक्षर गरिएको छ ।यी पार्टीहरूबीच १८ बुँदे सहमति भएको थियो । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत कार्यहरू गरिने उल्लेख छ ।
आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने जनाइएको छ ।यद्यपी समाजवादी र माओवादीमा सर्वसम्मत एकिकरणमा जाने परिस्थिति देखिएको छैन् ।
समाजवादीमा सम्मानित नेता झलनाथ खनाल,महासचिव घनश्याम भुषाल लगायतका थुप्रै नेता माओवादीसँग पार्टी एकताको विपक्षमा छन् भने माओवादीमा जनार्दन शर्मा लगायतका नेताहरु माओवादी पार्टीमै रहने घोषणा गरिसकेका छन् ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...