
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उहाँले जेन्जी लक्षित कार्यक्रम तत्काल ल्याउन पनि आग्रह गरे ।
उनले भने, “हामीले नजरअन्दाज गरेको पुस्ता हाम्रै छोराछोरी हुन्, तर उनीहरू किन हाम्रो सट्टा अरूको कुरा पत्याइरहेका छन् भन्ने आत्ममन्थन गर्न जरुरी छ।”
केन्द्रीय सदस्य शिवाकोटीले जेन्जी पुस्ताको असन्तुष्टि पार्टीले गम्भीरतापूर्वक नलिएको भन्दै सचेत गराएका छन्। उनले नयाँ पुस्ताको आवाज सुन्ने, प्रतिनिधित्व सुनिश्चित गर्ने र व्यवहारिक कार्यक्रम ल्याउने कांग्रेसको अहिलेको उच्च प्राथमिकताको विषय हुनुपर्ने बताए ।
उनले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनलाई देशको राजनीतिक चेतका रूपमा व्याख्या गर्दै भने, “हामीले नागरिकको आक्रोश बुझ्ने सट्टा अझै पनि गुटगत स्वार्थमा अल्झिरहेका छौँ। समय बलवान हुन्छ, समयको संकेत नबुझे कांग्रेस थप संकटमा पर्न सक्छ।”
शिवाकोटीले सभापति शेरबहादुर देउवा र आरजु राणा देउवामाथि भएको आक्रमणको निन्दा गर्दै स्वास्थ्यलाभको कामना गरे। साथै, पार्टीमा निर्णय प्रक्रिया लोकतान्त्रिक बनाउने, कार्यकर्ताको आवाज सुन्ने र विशेष महाधिवेशनको माग सम्बोधन गर्न सुझाव दिए।
उनले भने, “५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छन्, त्यसलाई नजरअन्दाज गर्नु विधानविपरीत हुन्छ।”
शिवाकोटीले नयाँ पुस्ता लक्षित “कांग्रेस संवाद अभियान” ल्याउन र पार्टीको सांगठनिक ढाँचामा ३० वर्षमुनिका युवाको कम्तीमा १५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे। उनका अनुसार, “सूचना प्रविधीमा दक्ष र विवेकी यो पुस्ता हाम्रो प्राथमिकतामा नपरे कांग्रेस भविष्यमा थप कमजोर हुनेछ।”
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...
काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...