
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अदालतबाहिर भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् ।प्रधानमन्त्री शहबाज शरीफले यो हमलासँगै सोही दिन बिहान अफगानिस्तानसँगको सीमानजिकैको एक क्याडेट कलेजमा भएको अर्को हमलाका लागि भारतलाई दोष लगाएका छन् ।
आफ्नो भनाइलाई पुष्टि गर्ने बिना कुनै प्रमाण प्रधानमन्त्री शरीफले भने, “यी दुवै हमला यस क्षेत्रमा भारतीय राज्य आतंकवादका सबैभन्दा खराब उदाहरणहरू हुन् ।”सरकारको ‘एक्स’एक्समार्फत उनले थपे, “अन्तर्राष्ट्रिय समुदायले भारतका यस्ता कपटी षड्यन्त्रहरूको निन्दा गर्ने समय आएको छ ।”
आतंकवादको विपत्तिलाई पूर्णरूपमा समाप्त नगरुन्जेलसम्म उनीहरूविरुद्धको युद्ध जारी राख्ने उनले बताएका छन् ।
काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ...
काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्...
काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेगनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा...