महसुल बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गर्यो- मन्त्री घिसिङ – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

महसुल बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गर्यो- मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनी रूपमा चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना भएपनि बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको थियो,’ उनले थप लेखेका छन्, ‘अवस्था यस्तोसम्ममा पुगेको थियो कि राज्यले उठाउनुपर्ने महसुल वक्यौतालाई जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट निस्तेज पार्ने सुनियोजित प्रयासहरू भएका थिए । तर, सबैको निरन्तर चासो, निगरानी र खबरदारी कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको छ ।’

मन्त्री घिसिङले हालको विषम परिस्थितिमा देशप्रतिको आफ्नो दायित्वबोधकासाथ बक्यौता रकमको किस्ता तिर्न सुरु गरेका सम्पूर्ण उद्योगीहरूलाई धन्यवाद दिदै बक्यौता असुलीमा आवश्यक सहयोग, समन्वय र सहजीकरण प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • २०८२ कार्तिक २७, ०९: ३९

काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ...

वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन
वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन
  • २०८२ कार्तिक २७, ०९: ३९

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्...

कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?
कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?
  • २०८२ कार्तिक २७, ०९: ३९

काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेगनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा...