
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवा स्वदेश फर्किएका छन् ।उपचारका लागि सिंगापुर गएका देउवा दम्पती शुक्रबार बेलुका काठमाडौं फर्किएका हुन् ।
देउवा दम्पती जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको आक्रमणमा परी घाइते भएका थिए । आक्रमणमा सभापति देउवाको टाउको र घाँटीमा चोट लागेको थियो । थप उपचारका लागि देउवा दम्पती गत कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए ।
काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ...
काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्...
काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेगनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा...