अवैध डिम्ब प्रकरण : महान्यायाधिवक्ताकाे बर्खास्तीसहित प्रधानमन्त्रीकाे भूमिकामाथि छानबिनकाे माग – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper

अवैध डिम्ब प्रकरण : महान्यायाधिवक्ताकाे बर्खास्तीसहित प्रधानमन्त्रीकाे भूमिकामाथि छानबिनकाे माग

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले अवैध डिम्ब प्रकरणमा सामेलहरूलाई सत्ताको दुरुपयोग गरेर उन्मुक्ति दिने घटनाले न्याय प्रणालीमाथि खुला हस्तक्षेप प्रमाणित गरेको बताएको छ ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सीआइबीको सिफारिस हुँदाहुँदै प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता सरिता भण्डारीको मिलेमतोमा मामिला दाबिएको देखिनु शक्तिको दुरुपयोग र ठोस भ्रष्टाचार भएको बताए ।

जेनजी मुभमेन्ट नेपालले महान्यायाधिवक्ताको तत्काल बर्खास्ती माग गर्दै मुद्दा रोक्ने निर्णय नै नैतिक र कानुनी रूपमा अस्वीकार्य भएको बताएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको भूमिकामा निष्पक्ष छानबिन, स्वतन्त्र उच्चस्तरीय छानबिन आयोग गठन, फाइल रोकिएको सम्पूर्ण प्रक्रियाको पारदर्शी अनुसन्धान गर्न माग गरिएको छ ।विज्ञप्तिमा पीडित परिवारको सुरक्षा र न्यायिक अधिकार तत्काल सुनिश्चित गर्न समेत माग गरिएको छ ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
  • २०८२ मंसिर १, ०८: ५१

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...

बागमती सरकारको स्थिरताका लागि मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार
बागमती सरकारको स्थिरताका लागि मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार
  • २०८२ मंसिर १, ०८: ५१

हेटौंडा : बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बागमती सरकारकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु...

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
  • २०८२ मंसिर १, ०८: ५१

काठमाडौं : नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको विषयमा व्यवसायीसँग छलफल गरेका छन् ।...