नेप्सेमा गिरावट, ३ अर्ब ७७ करोडको कारोबार – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

नेप्सेमा गिरावट, ३ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ मा कारोबार भएको थियो ।

बजार घटे पनि आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माबिलुङ इनर्जी, दरमखोला हाइड्रो, सागर डिस्ट्रिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केवलकार, झापा इनर्जीको सेयर १० प्रतिशत बढेका छन् ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सवैभन्दा बढी ६.०३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन बरुण हाइड्रोपावर, साहस उर्जाकार राधी विद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । ३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।

सम्बन्धित समाचार

नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • २०८२ मंसिर ३, १६: १४

काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ...

वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन
वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन
  • २०८२ मंसिर ३, १६: १४

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्...

कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?
कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?
  • २०८२ मंसिर ३, १६: १४

काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेगनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा...