सिमराको घट्ना सम्बन्धमा रास्वपाको धारणा : दलले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्छ – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

सिमराको घट्ना सम्बन्धमा रास्वपाको धारणा : दलले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्छ

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार तथा आगामी रणनीतिबारे छलफल भइरहेको छ ।

यसैबीच, पार्टीले बाराको सिमरा घटनाप्रति चासो व्यक्त गरेको छ । घटनालाई लिएर रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।रास्वपाले देशमा निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरूले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने बताएको छ । यसका लागि सरकारले पर्याप्त सुरक्षा व्यवस्था उपलब्ध गराउनुपर्नेमा रास्वपाको भनाइ छ ।

एमालेका नेताहरू शंकर पोखरेल र महेश बस्नेत बुधबार बारा जाने कार्यक्रम तय भएको थियो । सिमरा विमानस्थल आसपास एमालेका कार्यकर्ताहरू पुगेका थिए । एमाले कार्यकर्ता र आफूलाई जेनजी बताउने युवाहरूबीच झडप भएछि कर्फ्यू लगाइएको थियो ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ मंसिर ३, १६: ४५

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८२ मंसिर ३, १६: ४५

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०८२ मंसिर ३, १६: ४५

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...