बैठक छलेर खतिवडाको नाम सिफारिस, खुमलटारमा जुटेको ओलीईतर प्रस्ताव बालुवाटारको ‘एम्बुसमा’ – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

बैठक छलेर खतिवडाको नाम सिफारिस, खुमलटारमा जुटेको ओलीईतर प्रस्ताव बालुवाटारको ‘एम्बुसमा’

नयाँ विकल्प ,

काठमाडौं–अर्थमन्त्री युवराज खतिवडा शनिबार सम्ममा राष्ट्रियसभा सदस्यमा मनोनित नभएमा प्रतिनिधिसभाको यो कार्यकालमा फेरि मन्त्री बन्न पाउने छैनन् ।

नेपालको संविधानमा एक पटक मात्र कुनै सदनको सदस्य नभएपनि ६ महिना सम्म मन्त्री बन्न सक्ने ब्यबस्था गरिएको छ। संविधानमा यो ब्यबस्था एक पटकका लागि मात्र हुने उल्लेख छ। अर्थात खतिवडा अव यो प्रतिनिधिसभाको कार्यकाल भरी (२ बर्ष) मन्त्री हुन पाउने छैनन् ।

नेपालको संविधानको धारा ७८ मा उल्लेख छ ‘उपधारा (१) बमोजिम नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्नेछ । (३) उपधारा (२) बमोजिमको अवधिभित्र संघीय संसदको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधि सभाको कार्यकालभर निज मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य हुने छैन’ ।

गौतमको पक्षमा बहुमत जुटेपछि सर्यो नेकपा बैठक

बिहीबार बिहान ११ बजेका लागि तय भएको नेकपा सचिवालय बैठक उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने अघिल्लो निर्णय कार्यन्वयनको पक्षमा बहुमत जुटेपछि प्रधानमन्त्री ओलीले बैठक सारेका थिए।

नौ सदस्य सचिवालयमा ईश्वर पोखरेले र महासचिव विष्णुपौडेल बाहेकका बहुमत सदस्यहरु गौतमलाईनै राष्ट्रियसभामा लाने पक्षमा देखिएपछि बैठक सारेको स्रोतले जानकारी दिएको छ। राष्ट्रियसभा सदस्य विहिन हुन लागेका अर्थमन्त्री डा. युवराज खतिवडालाई फेरि राष्ट्रियसभामा ल्याएर अर्थमन्त्रीमा निरन्तरता दिने तयारीमा प्रधानमन्त्री रहेका छन ।

बुधबार पार्टीका अर्का अध्यक्ष प्रचण्डसंगको भेटमा ओलीले आफुले पुन खतिवडालाईनै अर्थमन्त्री बनाउन लागेको संकेत दिएका छन ।प्रचण्डले पार्टी सचिवालयले गरेको निर्णय मान्न ओलीलाई आग्रह गरेका थिए ।

जवाफमा ओलीले आफुलाई काम गर्न सहज व्यक्तिलाई ल्याउने भन्दै प्रचण्डलाई कन्भिन्स गरेका थिए । आज बस्ने नेकपा सचिवालय बैठकमा खतिवडाको पक्षमा बहुमत नजुटे यस बिषयलाई छलफलमा नल्याउने रणनीतिमा ओली रहेको बताइएको छ।

सचिवालयमा ओलीले राष्ट्रिय सभामा कसलाई लैजानेभन्ने विषयनै प्रवेश गराउन चाँहदैनन । ओलीले ३ दिन अघिनै खतिवडालाई राष्ट्रियसभामा दोहोर्याउन राष्ट्रिपतीसमक्ष सिफारिस गरिसकेको स्रोतले बतायो।

यता बामदेवलाई नै राष्ट्रियसभा सदस्यमा शिफारिस गर्न प्रचण्ड निवास खुमलटारमा जुटेको ओली ईतरको प्रस्ताव एम्बुसमा पर्ने भएको एक नेताले बताए।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ भाद्र १८, १३: १३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ भाद्र १८, १३: १३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ भाद्र १८, १३: १३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...