दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रसाईंका छोरा निराजन प्रसाईले मंगलबार दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको हो ।

प्रशासनले अनुमति नदिएकै बखत विरोध प्रदर्शनको धम्की दिएपछि उनलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासनको अनुमतिमा म्याद थप गरी थुनामा राखिएको छ । प्रसाईंको थुना गैरन्यायिक भन्दै थुनामुक्त गर्न माग गरेर छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

प्रसाईलाई सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो ।  शान्ति व्यवस्थामा खलल पुर्याएको कसुरमा प्रसाईंलाई पक्राउ गरेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप भएको छ ।

 

सम्बन्धित समाचार

भेटेरिनरी अस्पताल सप्तरीका प्रमुख दाससहित दुई जनाविरद्ध भ्रष्टाचार मुद्दा
भेटेरिनरी अस्पताल सप्तरीका प्रमुख दाससहित दुई जनाविरद्ध भ्रष्टाचार मुद्दा
  • २०८२ मंसिर ४, १७: १४

काठमाडौं : अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा रामपवित्र दाससहित दुई...

वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय
वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय
  • २०८२ मंसिर ४, १७: १४

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट विभिन्न मुलुकमा रहेका कागजपत्र नभएका र भिजिट भिसामा गएर...

स्थानीय तह निर्वाचनका लागि रास्वपाको नयाँ कार्यविधि, उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार
स्थानीय तह निर्वाचनका लागि रास्वपाको नयाँ कार्यविधि, उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार
  • २०८२ मंसिर ४, १७: १४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ कार्यविधि सार्वजनिक गरेको छ। पार्टीका...