
काठमाडौं।नेकपा एमालेको बिहीबार बसेको पार्टी सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि छनोटबारे पाँच निर्णय संशोधन गरेको छ।एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ। त्यसका लागि देशैभर एकै दिन मंसिर १३ गते सबै कमिटीमा प्रतिनिधि छनोट हुँदैछ।
आम पार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा शेष संख्या ५० प्रतिशतभन्दा बढी भएमा थप एक जना प्रतिनिधि चयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीबाट प्रदेश कमिटी सरह कम्तीमा २ महिलासहित ५ जना चयन गर्ने निर्णय भएको छ।
उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका जिल्ला कमिटीमा पनि भौगोलिक जिल्ला कमिटी सरह १२०० संगठित सदस्यभित्र ४० वर्ष मुनिका युवाहरू चयन गर्ने निर्णय भएको छ।यसरी चयन गरिएका प्रतिनिधिको नामावली तोकिएको ढाँचामा मंसिर १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्ने र प्रतिनिधि विवरण दर्ता गर्दा तोकिएको शुल्क पदेन प्रतिनिधिका लागि ३००० रूपैयाँ र निर्वाचित प्रतिनिधिका लागि २००० रूपैयाँ समेत बुझाउनुपर्ने निर्णय एमालेले गरेको छ।
महाधिवेशन उद्घाटन सत्रमा प्रतिगमनकारी षड्यन्त्रका विरूद्धको जनशक्ति प्रदर्शनको योजनासहित आमजनताको सहभागितामा भव्य उद्घाटन समारोह आयोजना गरिएकोले पार्टी सदस्यहरू र आम जनताको सहभागिताका लागि सम्बन्धित जिल्ला र पालिका कमिटीहरूले विशेष कार्ययोजना बनाउने र त्यसको जानकारी केन्द्रीय कार्यालयमा गराउने निर्णय पनि गरेको छ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...