राजनीतिक व्यक्तिलाई कुलपति बनाउनु ठीक होइन : प्रधानमन्त्री कार्की – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

राजनीतिक व्यक्तिलाई कुलपति बनाउनु ठीक होइन : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई स्वायत्त बनाउनुपर्ने बताएकी छिन् । बुधबार कीर्तिपुरमा बसेको त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभामा विश्वविद्यालयको कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई स्वायत्त ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्ने र राजनीतिबाट मुक्त बनाउनुपर्ने बताएकी हुन् ।

त्यसका लागि शिक्षा विज्ञान तथा प्रविधि न्त्री महावीर पुनले काम गरिरहेको उनको भनाइ थियो । ‘१७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुँदा रहेछन् । विश्वविद्यालयपिच्छे प्रधानमन्त्री कुलपति हुन साध्य पनि छैन । राजनीतिक व्यक्तिलाई कुलपति बनाउनु ठीक पनि होइन,’ उनले भनिन् । विश्वविद्यालय सभाले नै कुलपति छनोट गर्नुपर्ने प्रधानमन्त्री कार्कीले बताइन् । ‘प्रधानमन्त्री डोकोभरी कुलपतिको भारी/जिम्मेवारी बोकेर हिँडेर हुँदैन । भर्खर रोपेका बेला बिरुवालाई पानी हाल्ने हो । हुर्केपछि आफैं बढ्छ,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको सभाले नै कुलपति चयन गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्री डोकोभरी कुलपतिको भारी बोकेर हिँडेर हुँदैन। भर्खर रोपेका बेला बिरुवालाई पानी हाल्ने हो, हुर्केपछि आफैँ बढ्छ।’अहिलेसम्म प्रधानमन्त्री कुलपति भए पनि अब आवश्यक नरहेको उनको तर्क थियो। उनले भनिन्, ‘सरकारले विश्वविद्यालयलाई हेर्नुपर्छ, तर नीति, नियम कानुन बनाउन हस्तक्षेप गर्नु हुँदैन। राजनीतिक व्यक्तिकै कारण असारमा पास हुनुपर्ने नीति तथा कार्यक्रम अहिलेसम्म पारित नभएको रहेछ।’
प्रधानमन्त्री कार्कीले आफू ६ महिनाको लागि मात्र सरकारमा गएको पनि बताइन् ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ मंसिर १०, १८: २०

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ मंसिर १०, १८: २०

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ मंसिर १०, १८: २०

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...