त्रिवि नक्कली पीएचडी देखाएर नियुक्ति लिएको भन्दै ३ जना प्राध्यापकसहित ४ जनाविरुद्ध मुद्दा दायर – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

त्रिवि नक्कली पीएचडी देखाएर नियुक्ति लिएको भन्दै ३ जना प्राध्यापकसहित ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारआयोगका अनुसार पद्म कन्या क्याम्पसमा कार्यरत प्रा.डा. जया लक्ष्मी प्रधान, त्रि।वि। रसायन शास्त्र विभागमा कार्यरत प्रा.डा. मोतिलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेल रहने गरी तीन सदस्यीय छनोट समिति गठन गरी सह-परीक्षा नियन्त्रक छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी दिएको देखिएकोमा निज प्रतिवादी डिल्लीराम प्रसाईले मिति २०८१।०५।२६ गते सह -परीक्षा नियन्त्रक पदमा आवेदन दिई विद्यावारिधि वापतको अंकसमेत प्राप्त गरी अन्तिम नामावलीको १(एक) नम्बरमा सिफारिस भई त्रि.वि. रजिष्ट्रारबाट मिति २०८१।०८।१८ गते क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको लागि सह(परीक्षा नियन्त्रक पदमा मिति २०८१।०८।१९ गतेदेखि लागू हुने गरी नियुक्ति लिन सफल भएको देखिएकोमा देहाय अनुसारको बदनियतपूर्वक कार्य भए गरेको जनाएको छ ।

सह-परीक्षा नियन्त्रकमा प्रसाईलाई नियुक्ति दिदा गलत प्रतिवेदन, परीक्षाको परिणाम फेरबदल र नपाएको ओहदा दिएको अख्तियारको आरोप छ ।  अख्तियारले चारै जनाविरुद्ध कानुन बमोजिमको जरिवाना र सजायको माग गर्दै मुद्धा दायर गरेको बताएको छ ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ मंसिर १०, १८: ४१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८२ मंसिर १०, १८: ४१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०८२ मंसिर १०, १८: ४१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...