११ औं महाधिवेशनका लागि एमालेको देशैभरि प्रतिनिधि छनोट – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

११ औं महाधिवेशनका लागि एमालेको देशैभरि प्रतिनिधि छनोट

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन्।महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताए। “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्”, उनले भने, “केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन्।”

उनले छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुङ्ग्याउने निर्देशन दिएको बताए। उनका अनुसार एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुनेछन्।

आज छनोट भएका प्रतिनिधि विवरण यही मङ्सिर १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न एमालेले निर्देशन दिएको छ। एमालेले यही मङ्सिर २७ देखि २९ गतेसम्म भक्तपुरमा महाधिवेशन हुने जनाएको छ।

सम्बन्धित समाचार

भेटेरिनरी अस्पताल सप्तरीका प्रमुख दाससहित दुई जनाविरद्ध भ्रष्टाचार मुद्दा
भेटेरिनरी अस्पताल सप्तरीका प्रमुख दाससहित दुई जनाविरद्ध भ्रष्टाचार मुद्दा
  • २०८२ मंसिर १४, ०७: ५०

काठमाडौं : अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा रामपवित्र दाससहित दुई...

वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय
वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय
  • २०८२ मंसिर १४, ०७: ५०

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट विभिन्न मुलुकमा रहेका कागजपत्र नभएका र भिजिट भिसामा गएर...

स्थानीय तह निर्वाचनका लागि रास्वपाको नयाँ कार्यविधि, उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार
स्थानीय तह निर्वाचनका लागि रास्वपाको नयाँ कार्यविधि, उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार
  • २०८२ मंसिर १४, ०७: ५०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ कार्यविधि सार्वजनिक गरेको छ। पार्टीका...