
काठमाडौं।नेकपा (संयुक्त)ले आगामी माघ ३ र ४ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेताका रूपमा घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, खेमबन्धु कोइरालालाई मनोनयन गर्ने निर्णय गरेको बताउँदै नेता भुसालले पार्टीका अन्य दस्तावेज र विधानहरू पनि तयार गर्न आफ्नो नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको बताए ।
मुलुक भूराजनीतिको चपेटामा परेकाले अहिले गम्भीर सङ्कटमा फसेको उल्लेख गर्दै उनले सबै देशभक्त, लोकतान्त्रिक शक्ति, राष्ट्रवादी र कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।उनले देशमा भ्रष्टाचार, अनियमितता, कुशासन बढ्दै गएकाले त्यसको अन्त्य गर्न माग सहित जेन्जी आन्दोलन भएको त्यसको भावनाअनुरुप ठूला राजनीतिक पार्टी तथा नेतृत्व सुध्रिन नसकेकामा चिन्ता व्यक्त गरे ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...