
काठमाडौं । बुधबार सेयर बजार १३.५२ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो ।। यस दिन यसदिन सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेका छन् ।
यद्यपि, बजारको कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको ४ अर्ब ४८ करोड रुपैयाँको तुलनामा यस दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन ३३२ स्टकको ६७ हजार ४८५ पटक कारोबार भएको थियो ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, मिथिला लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजका शेयरहरू सकारात्मक सर्किटमा पुगेका हुन् । त्यस्तै, ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ७ प्रतिशत बढेको छ भने बुङ्गल हाइड्रोको शेयरमूल्य पनि करिब ६.५ प्रतिशतले वृद्धि भएको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्सको ७.०२, बुङ्गल हाइड्रोपावरको ६.४४, हिमस्टार ऊर्जाको ६.२५, बन्दीपुर केबुलकारको ५.७७ तथा माबिलुङ इनर्जीको ५.०२ प्रतिशत मूल्य बढ्यो । सामलिङ पावरको मूल्य सबैभन्दा धेरै २.८५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा बन्दीपुर केबुलकार, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, ट्रेड टावर तथा सिक्लेस हाइड्रोपावर क्रमशः अगाडि रहे ।
त्यस्तै, बन्दीपुर केवलकारको सर्वाधिक १८ करोड ४९ लाखभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...
का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...