गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरू, राधिकाले गरिन् शिलान्यास – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरू, राधिकाले गरिन् शिलान्यास

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा नयाँ निवास निर्माण सुरु भएको छ । ‘ओली कुटी’ नाम दिइएको निवासको बिहीबार अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले शिलान्यास गरेकी हुन् ।
जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।

बस्नेतकै अगुवाईमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु गरिएको छ । यसअघि भक्तपुरको बालकोटमा रहेको ओलीको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीबाट ध्वस्त भएको थियो । जेनजी आन्दोलनपछि ओली गुण्डुमै बस्दै आएका छन् ।  भवनमा राजनीतिक भेटघाटका लागि बैठक कक्ष र अध्ययनका लागि पुस्तकालयको व्यवस्था हुने जनाइएको छ ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ मंसिर १८, १८: २२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८२ मंसिर १८, १८: २२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०८२ मंसिर १८, १८: २२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...