मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त

जनकपुरधाम — मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादव मुख्यमन्त्री नियुक्त हुनुभएकाे हो । कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादवले यसअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो ।

यादवले ७७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । यादव मधेस प्रदेशको छैटौं मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यादव नेतृत्वको सरकारलाई यादवलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् ।

गएको बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि आहृवान गरेका थिए । सात दलीय गठबन्धनले लामो रसाकस्सीपछि आजै कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ मंसिर १९, २०: ०३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८२ मंसिर १९, २०: ०३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०८२ मंसिर १९, २०: ०३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...