
नयाँ विकल्प
काठमाडाैं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मन्त्री बसन्त कुमार नेम्वाङ हाेम क्वारेन्टाइनमा बसेका छन् । बुधबार ती अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे ।
स्रोतको अनुसार एक निजी अस्पतालको आइसोलेसनमा बसेका मन्त्रालयका ति कर्मचारीलाई कोरोना भइरसको संक्रमण भएसँगै मन्त्री नेम्वाङ पनि होम क्वारेन्टिनमा बसेका हुन् ।
मन्त्री नेम्वाङ आजको मन्त्रिपरिषद बैठकमा समेत गएका छैनन्।’मन्त्रीज्यू र ती कर्मचारीको आइतबार भेट भएको थियो। आज ५ दिन पुगेको छ,’स्रोतले भन्यो,’मन्त्रीसँग कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरूको आज स्वाब झिकिएको छ।’
मन्त्रालयका ती उच्च अधिकारीकाे सोमबार स्वाब लिएर पिसिअार परिक्षणा गरिएकाे थियाे ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...