आजदेखि शुक्र ग्रह अस्त हुँदै – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

आजदेखि शुक्र ग्रह अस्त हुँदै

काठमाडौं । शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ।अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए।
शुक्र र वृहस्पति ग्रह अस्त भएका वेला नयाँ र विशेष मांगलिक कार्य गर्न नहुने ज्यातिषीय मान्यता छ। यो अवधिमा विवाह–व्रतबन्ध आदि संस्कार तथा सप्ताह, नवाह, लाख बत्ती प्रज्ज्वलनलगायतका मांगलिक कार्य गर्न नहुने मान्यता रहेको ढकालले जानकारी दिए। तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कर्म आदि कर्म नरोकिने उनले बताए। नामकरण (न्वारन), नवअन्नप्राशन (पास्नी), श्राद्ध, आदि निश्चित समयमा नगरी नहुने कर्म पनि नरोकिने उनको भनाइ छ।

ज्योतिषशास्त्रमा गतिका क्रममा कुनै ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले त्यस ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई अस्त भनिन्छ। शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन्। यी दुवै ग्रह अस्त भएका वेला मांगलिक कर्म गर्न नहुने बताइन्छ।

बृहस्पति र शुक्र अस्त हुनुभन्दा ३ दिनअघिदेखि शुभ कार्य गर्न नहुने र उदय भएपछि पनि ३ दिनपछि सम्म बार्नुपर्ने ज्योतिष ग्रन्थमा उल्लेख छ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८२ मंसिर २८, ०९: ५८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८२ मंसिर २८, ०९: ५८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८२ मंसिर २८, ०९: ५८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...