
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा खुला महिलातर्फ केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री विजयी भएकी छन् । उनले १९११ मत प्राप्त गर्दै विजयी हासिल गरेकी हुन् ।
झाँक्रीले सचिवमा आकांक्षा राखे पनि संस्थापनमा भागबण्डा नमिलेपछि उनी केन्द्रीय सदस्यमा मात्र उम्मेदवार बनेकी थिइन् ।
झाँक्री एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा पुगेकी थिइन् । अहिले फेरि उनी एमालेमा फर्किएर संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दा लोकप्रिय मतसहित विजयी भइन् ।
०७८ सालमा एमाले विभाजन हुँदा एकीकृत समाजवादीतिर लागेकी झाँक्री गत कात्तिकमा पुनः एमालेमै फर्किएकी थिइन्।
काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...
धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...
काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...