समानुपातिकतर्फको उम्मेदवार छनोट गर्न आजपाद्धारा कार्यदल गठन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

समानुपातिकतर्फको उम्मेदवार छनोट गर्न आजपाद्धारा कार्यदल गठन

काठमाडौं, ४ पुस । आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ ।
आजपा सहअध्यक्ष तिलक थापामगरको नेतृत्वमा गठन भएको कार्यदलमा उमेश कुशवाहा र रन्जु साह रहेका छन् । तीन सदस्यीय कार्यदलले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको नामावली छनोटका लागि कार्य गर्ने छ ।

पार्टीको विधान, नीति, विचारलाई पालना गर्दै सक्रिय रहेका, पार्टी निर्माणमा योगदान गरेका, पार्टीद्धारा विगतमा घोषित विभिन्न आन्दोलनमा योगदान गर्ने लगायतका मापदण्ड अनुसार समानुपातिक तर्फको उम्मेदवार छनोट गर्ने अधिकार कार्यदललाई दिइएको आजपा कार्यालय सचीव रबिन्द्र सिंहले जनाएका छन् ।

यसैगरी आजपाले जिल्ला–जिल्ला, क्षेत्रबाट उम्मेदवारको सिफारिस गर्न समेत निर्देशन दिएको छ । २१ फागुनमा हुने निर्वाचन केन्द्रीत छलफलमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार छनोट बारेमा बैठकले निर्णय गरेको हो ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ पुष ४, १०: २५

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८२ पुष ४, १०: २५

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०८२ पुष ४, १०: २५

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...