आजपाको समानुपातिक उम्मेदवार : जेनजी, जेनजी शहिद परिवार, चर्चित मोडेल, समाजसेवी देखी सहकारी एवं लघुवित पीडितसम्म – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

आजपाको समानुपातिक उम्मेदवार : जेनजी, जेनजी शहिद परिवार, चर्चित मोडेल, समाजसेवी देखी सहकारी एवं लघुवित पीडितसम्म

काठमाडौं, १५ पुस । आम जनता पार्टी (आजपा)ले जेनजी, जेनजी शहिद परिवार, चर्चित मोडेल, मिडिया उद्यमी, समाजसेवीदेखी सहकारी एवं लघुवित पीडितहरुलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा आजपाले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।

आजपाले बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा चर्चित मोडेल, मिडिया उद्यमी एवं समाजसेवी एलिजा गौतम खस आर्यतर्फको महिला सूचीको पहिलो नम्बरमा रहेकी छन् ।

यसैगरी जेनजी शहिद परिवारबाट जेनजी शहिद श्रेयम चौलागाईका बुवा गणेश चौलागाई, जेनजी घाइते सञ्जिव सापकोटा, जेनजीहरुको तर्फबाट प्रतिमा थापामगर, मन्दिपकुमार लाल लगायतका दर्जनौ जेनजी युवाहरुलाई आजपाले समानुपातिक तर्फको उम्मेदवार बनाएको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

सहकारी एवं लघुवित पीडितलाई समेत आजपाले समानुपातिक उम्मेदवार बनाएको छ । लघुवित पीडित संघर्ष समितिको तर्फबाट मनिराम ज्ञवाली, कृष्णबहादुर तामाङ, निमा शेर्पा, बिनु यादव, सहकारी पीडित संघर्ष समितिको तर्फबाट देवकुमार श्रेष्ठ, रिता भट्टराई, लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान, दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारी सहितका रहेका छन् ।

यसैगरी, मुस्लिम तर्फबाट लालबाबु मंसुरी, आसमहम्द मियाँ, रहेना खातुन, अम्बिका देवान (फकिर), फरहत बाुन लगायतका रहेका छन् ।

आम जनता पार्टी, जनादेश पार्टी, जेनजी आन्दोलनकारी सहित सहकारी पीडित, लघुवित पीडित संघर्ष समिति लगायतकाले आजपाको मोवाइल चुनाव चिन्हबाट २१ फागुनको निर्वाचनमा संयुक्तरुपमा सहभागि हुदैछन् । बन्दसूचीमा आजपाले १ सय १० जनाकै नामावली बुझाएको हो ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८२ पुष १५, १९: ००

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८२ पुष १५, १९: ००

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८२ पुष १५, १९: ००

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...