उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छः ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्ट – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छः ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्ट

नयाँ विकल्प,

काठमाडाैं – ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडाैं उपत्यकामा निषेधाज्ञा दशैँसम्म लम्ब्याउनु पर्ने बताएका छन्।

आइतबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको बैठकमा भट्टले निषेधाज्ञा तत्काल हटाउन नहुने तर्क अगाडि सारेकाे हुन् ।

उनले भने, ‘दशैँ आउँदैछ, केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दशैँसम्म राख्नुपर्छ होला । अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। यसले काेराेना संक्रमण झनै बढ्न सक्छ , त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्छ’ भट्टकाे भनाइ उदृत गर्दै एक सदस्यले भने ।

भट्टले तिज जस्ता चाडबाडमा निषेधाज्ञा गरेकाले कोरोना संक्रमण कम भएको दाबी गरेका थिए । उनले ललितपुरमा क्वारेन्टिन र आइसोलेसनको अभाव नभएको दाबी गरे ।

विदेशबाट आएकाहरूका लागि पनि राख्नका लागि पर्याप्त बेड भएको उनले समितिलाई जानकारी गराएका छन् । उनले निषेधाज्ञामा अपेक्षाकृत कोरोना नियन्त्रण नभए पनि निषेधाज्ञा नभएको भए अवस्था झनै भयावह हुने धारणा समितिमा राखेका थिए ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ भाद्र २१, १५: ०७

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ भाद्र २१, १५: ०७

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ भाद्र २१, १५: ०७

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...