कतारले १३ जना नेपालीलाई आममाफी दियाे – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कतारले १३ जना नेपालीलाई आममाफी दियाे

 

काठमाडौं | कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा १३ नेपाली कैदीलाई आममाफी दिएको छ । त्यसप्रति नेपाल सरकारले आभार व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति आभार व्यक्त गरेको जनाएको छ ।

मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना नागरिकले आममाफी पाएपछि परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति आभार व्यक्त गरेको छ। मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘कतार राज्यको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि नेपाल सरकारले कतार राज्य सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।’

नेपाल र कतार राज्यबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा मानवीय आधारमा प्रदान गरिएको माफीको मन्त्रालयले उच्च मूल्याङ्कन गरेको उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८२ पुष १८, १८: ३५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८२ पुष १८, १८: ३५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८२ पुष १८, १८: ३५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...