पार्टीभित्रको द्धन्दलाई सुरक्षित अवतरणको लागि डाक्टर कोईरालाको पहलमा हस्ताक्षर कर्ता र आफू निकट नेताहरु विच छलफल – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

पार्टीभित्रको द्धन्दलाई सुरक्षित अवतरणको लागि डाक्टर कोईरालाको पहलमा हस्ताक्षर कर्ता र आफू निकट नेताहरु विच छलफल

काठमाडौँ |   नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायत महत्वपूर्ण नेताहरुसँग आज विहान वाट छलफल सुरु गरेका छन । छलफल कार्यक्रममा हस्ताक्षर कर्ताका तर्फवाट देवराज चालिसे लगायत नेताहरु उपस्थित भएका थिए । त्यसैगरि आफू निकट नेताहरुमा वल वहादुर केसी लगायत नेताहरु उपस्थित रहेका थिए ।

बिशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास के हुन सक्छ ? राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्दलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा छफफल भएको थियो । त्यसैगरी हिजो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ ? आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने विषयहरुमा पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरुका बारेमा समेत उक्त बैठकमा बिस्तृत छलफल भएको वुझिएको छ ।

हालै पार्टीको अनुशासन समितिले गरेका कारवाहीको फुकुवाका सम्बन्धमा जो जो व्यक्तिहरू जुन जुन पदमा थिए उनीहरू तत् तत् पदमा कायम रहनुपर्नेमा समेतमा छलफल भएको वताईन्छ । पार्टी भित्र देखिएकोअस – सहज परिस्थतिको वारेमा पार्टिको नेतृत्वले हठ त्याग्नु पर्नेमा सवैको सहमति रहेको सहभागी एक नेताले वताए । कार्कि सरकारले गर्ने चुनाव निकै अप्ठ्यारो परिस्थितिको सामना गर्नु पर्ने भएकाले आम निर्वाचनमा दुई महामन्त्रीहरु सहित एक भएर अघि बढ्नु पर्ने आम कार्यकर्ताको चासो भएको हुदा समयको मागलाई सँवोधन गरेर अगाडि वढ्नु पर्ने अहिलेको आवश्यकता रहेको उपस्थित नेताहरुले राय प्रस्तुत गरेका थिए |

डाक्टर कोईरालाले पनि यसभन्दा अगाडि देखि निर्वाचन अगावै १५ अैा नियमित महाअधिवेसन भन्दै आएका थिए तर वर्तमान सँस्थापन पक्षले वहुमतको निर्णय भन्दै जवर्जस्त १५ महाअधिवेसनलाई पाच महिना पछाडि धकेलेर कार्यतालिका लेराएका छन ।

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८२ पुष १९, १३: ३२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८२ पुष १९, १३: ३२

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८२ पुष १९, १३: ३२

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...