भेनेजुएलामा अमेरिकी आक्रमण, भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरेको ट्रम्पको दाबी – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

भेनेजुएलामा अमेरिकी आक्रमण, भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरेको ट्रम्पको दाबी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार भेनेजुएलामा गरिएको ‘ठूलो स्तरको’ आक्रमणपछि उनीहरूलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी ट्रम्पले गरेका छन्।

यसअघि भेनेजुएलाको सरकारले अमेरिकाले देशका विभिन्न राज्यमा रहेका नागरिक तथा सैनिक प्रतिष्ठानमाथि आक्रमण गरेको आरोप लगाउँदै वाशिङ्टनको ‘सैनिक आक्रामकता’अस्वीकार गरेको थियो।

लगातारका आक्रमणपछि राष्ट्रपति मादुरोको सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरेको छ। घटनाक्रमपछि अमेरिका–भेनेजुएला सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएको छ।

अमेरिकाले शनिबार मध्यराति भेनेजुएलाको राजधानी काराकास, मिरान्डा, अरागुआ र ला गुएरा राज्यमा रहेका सैन्य अड्डाहरूमा हवाई आक्रमण गरेको थियो।

सम्बन्धित समाचार

आज माघे संक्रान्ति पर्व मनाईंदै
आज माघे संक्रान्ति पर्व मनाईंदै
  • २०८२ पुष १९, १८: ३४

काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट...

आज माघे संक्रान्ति पर्व मनाइँदै
आज माघे संक्रान्ति पर्व मनाइँदै
  • २०८२ पुष १९, १८: ३४

काठमाडौं : आज मकर अर्थात माघे सकराती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ...

कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
  • २०८२ पुष १९, १८: ३४

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । भृकुटीमण्डमा पुस २७...