भेनेजुएलामा अमेरिकी आक्रमण, भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरेको ट्रम्पको दाबी – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

भेनेजुएलामा अमेरिकी आक्रमण, भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरेको ट्रम्पको दाबी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार भेनेजुएलामा गरिएको ‘ठूलो स्तरको’ आक्रमणपछि उनीहरूलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी ट्रम्पले गरेका छन्।

यसअघि भेनेजुएलाको सरकारले अमेरिकाले देशका विभिन्न राज्यमा रहेका नागरिक तथा सैनिक प्रतिष्ठानमाथि आक्रमण गरेको आरोप लगाउँदै वाशिङ्टनको ‘सैनिक आक्रामकता’अस्वीकार गरेको थियो।

लगातारका आक्रमणपछि राष्ट्रपति मादुरोको सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरेको छ। घटनाक्रमपछि अमेरिका–भेनेजुएला सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएको छ।

अमेरिकाले शनिबार मध्यराति भेनेजुएलाको राजधानी काराकास, मिरान्डा, अरागुआ र ला गुएरा राज्यमा रहेका सैन्य अड्डाहरूमा हवाई आक्रमण गरेको थियो।

सम्बन्धित समाचार

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ पुष १९, १८: ३४

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...

कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
  • २०८२ पुष १९, १८: ३४

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले ३२ क्षेत्रका लागि उम्मेदवारको...

कांग्रेसबाट हालसम्म क-कसले पाए टिकट ? (सूचीसहित)
कांग्रेसबाट हालसम्म क-कसले पाए टिकट ? (सूचीसहित)
  • २०८२ पुष १९, १८: ३४

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले कर्णाली, सुदूरपश्चिमलगायतका टाढाका जिल्लाका लागि उम्मेदवारको...