राष्ट्रिय सभा सांसद बलदेव बोहराको निधन – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

राष्ट्रिय सभा सांसद बलदेव बोहराको निधन

काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ ।उनको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बोहरा कम्मरको अपरेशन गरेर उपचाररत थिए ।

उनी कञ्चनपुर काँग्रेसका संस्थापक नेता हुन् र संविधान सभा सदस्य हुँदै संसद् निर्माणमा समेत भूमिका निभाएका थिए । उनी २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार पनि बनेका थिए ।

विसं २००८ साल जेठ ६ गते जन्मिनुभएका बोहराले विसं २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। उहाँ भिमदत्त पन्त र नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबाट प्रेरित हुनुहुन्थ्यो।

राजनीतिक गतिविधिका क्रममा बोहराले पाँच वर्ष जेल जीवन बिताउनुभएको थियो। उहाँ कञ्चनपुर नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एकका रूपमा परिचित हुनुहुन्छ।

सम्बन्धित समाचार

आज माघे संक्रान्ति पर्व मनाईंदै
आज माघे संक्रान्ति पर्व मनाईंदै
  • २०८२ पुष ३०, १९: १३

काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट...

आज माघे संक्रान्ति पर्व मनाइँदै
आज माघे संक्रान्ति पर्व मनाइँदै
  • २०८२ पुष ३०, १९: १३

काठमाडौं : आज मकर अर्थात माघे सकराती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ...

कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
  • २०८२ पुष ३०, १९: १३

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । भृकुटीमण्डमा पुस २७...