राष्ट्रिय सभा सांसद बलदेव बोहराको निधन – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

राष्ट्रिय सभा सांसद बलदेव बोहराको निधन

काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ ।उनको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बोहरा कम्मरको अपरेशन गरेर उपचाररत थिए ।

उनी कञ्चनपुर काँग्रेसका संस्थापक नेता हुन् र संविधान सभा सदस्य हुँदै संसद् निर्माणमा समेत भूमिका निभाएका थिए । उनी २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार पनि बनेका थिए ।

विसं २००८ साल जेठ ६ गते जन्मिनुभएका बोहराले विसं २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। उहाँ भिमदत्त पन्त र नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबाट प्रेरित हुनुहुन्थ्यो।

राजनीतिक गतिविधिका क्रममा बोहराले पाँच वर्ष जेल जीवन बिताउनुभएको थियो। उहाँ कञ्चनपुर नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एकका रूपमा परिचित हुनुहुन्छ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८२ पुष ३०, १९: १३

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८२ पुष ३०, १९: १३

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८२ पुष ३०, १९: १३

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...