
काठमाडौं । नेपालको मौसम प्रणालीमा देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।महाशाखाका अनुसार मंगलबार दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहने छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले औंल्याएको छ।
महाशाखाले पछिल्लो समय चिसो बढ्दै गएको बताएको छ। आज बिहान ५ः४५ बजे काठमाडौंको त्रिभुवन विमानस्थलको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो। कीर्तिपुरको २.७४, ललितपुर खुमलटारको २.४० तापक्रम रहेको जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा उल्लेख छ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...