
काठमाडौं।नेपाली कम्युनिस्ट पार्टीका मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्।उनले आजै पार्टी केन्द्रलाई पत्र पठाएर पार्टी त्याग गरेको जानकारी गराएका हुन्।
‘धेरै अघिदेखि पार्टी छाडिसकेको थिएँ, आज चाहिँ औपचारिक जानकारी गराएको हुँ,’उनले भने ।उनले केही समयअघि मधेस प्रदेश सभामा विद्रोह गरेका थिए। उनकै विद्रोहका कारण मधेसको जितेन्द्र सोनलको सरकार ढलेको थियो।
उनले बुधबार फेसबुकमा लामो हिन्दी सायरी राखेर नेतृत्वलाई पार्टी त्यागको संकेत गरेका थिए। आज त्यसलाई औपचारिकता दिएको उनले बताए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...